चीनमा सरकारविरुद्ध आन्दोलन चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्यो
- एजेन्सी
- १२ मङ्सिर सोमबार, २०७९ | १६:१७:०० मा प्रकाशित

चीन । चीनमा कोरोना बढ्दै गएपछि सरकारले अवलम्बन गरेको ‘शून्य कोभिड पोलिसि’ विरुद्ध यतिबेला चीनभर आन्दोलन चर्किरहेको छ । आन्दोलन चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ ।
समाचार संस्था रोयटर्सले विश्वको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता चीनमा आन्दोलन हुँदा माग घट्ने भएकाले मूल्य घट्न थालेको उल्लेख गरेको छ । तेलसम्बन्धी जानकारी दिने साइट ओयल प्राइस डटकमका अनुसार आज सोमबार मात्रै कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ प्रतिशत अर्थात प्रतिब्यारेल २.२९ डलरले घटेको छ । यससँगै, डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७३.९९ अमेरिकी छ । यस्तै, आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३.११ प्रतिशत अर्थात २.६० डलरले घटेको छ ।
चीन विश्वको सबैभन्दा ठूलो कच्चा तेलको आयतकर्ता हो । यस्तै, चीन अमेरिकापछि विश्वकै ठूलो पेट्रोलियम पदार्थको खपतकर्ता समेत हो । चीनमा सरकारविरुद्ध आन्दोलन बढ्न थालेपछि सवारी आवागमन ठप्प हुने र तेलको आपूर्ति घट्ने आकलन गर्न थालिएको छ ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- जापानको कुल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशतले खुम्चिएको सरकारी अनौपचारिक तथ्याङ्क
- प्राविधिक गडबडीका कारण अमेरिकामा ५४ सय उडान प्रभावित
- अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ५० जनाको मृत्यु
- कंगोमा बाढी पहिरोमा परी १ सय बढीको मृत्यु
- पुरूष टोलीले खेल्ने विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री
- रूससँग भएको खाद्यान्न सम्झौता ‘विश्वव्यापी खाद्य सुरक्षाका लागि आवश्यक’ : राष्ट्रसङ्घ प्रमुख
- ४५ दिनअघि प्रधानमन्त्री बनेकी लिज ट्रसको राजीनामा
- चन्द्रमामा बिरूवा उब्जनी सम्भव छ ?
- पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु
- पाकिस्तानमा प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने
प्रतिकृया दिनुहोस