अर्थतन्त्र

आज कति छ त राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमय दरभाउ ?

काठमाडाैं । शुक्रबार नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ३२ पैसा र बिक्रीदर १३० रूपैयाँ ९२ पैसा कायम गरिएको छ।  डलरको मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसा घटेको हो।

युरोपियन युरो एकको खरिदमा भने १३५ रूपैयाँ ८७ पैसा र बिक्रीमा १३६ रूपैयाँ ५० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५४ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ९९ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रूपैयाँ १४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रूपैयाँ ८४ पैसा तोकेको छ।युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ९९ पैसा र बिक्रीमा २९ रूपैयाँ १३ पैसा पाइन्छ।

 कुवेती दिनार एकको खरिदमा ४२४ रूपैयाँ ७ पैसा र बिक्रीमा ४२६ रूपैयाँ २ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३४७ रूपैयाँ २४ पैसा तोकिएको छ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत