जसले कक्षा ९ मा पढ्दैगर्दा जेल भाेगे, अविचलित एक राजनीतिक याेद्धा
- गाउँ सहर डेस्क
- ७ मङ्सिर बुधबार, २०७९ | १९:३६:०० मा प्रकाशित

काठमाडाैँ । विसं २०७० बाट संसदीय राजनीतिमा होमिएका नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल भएका छन् । दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका शर्माले यस पटक भने नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् । शर्मा विसं ०७० मा भएको निर्वाचनमा नेकपा एमालेका नेता रविन कोइराला र २०७४ मा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।
साेही क्षेत्रमा दुई पटक पराजय व्यहोरेकै क्षेत्रबाट शर्माले यस पटक जित हासिल गरेका हुन् । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्माले ३९ हजार छ सय २४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेका छन् । शर्मा र खरेलको मतान्तर १४ हजार दुई सय ७५ रहेको छ ।
शर्माको राजनीतिक यात्रा यस्ताे छः
विश्वप्रकाश पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुन् । विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उनको जन्म भएको हो । विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै अध्यक्षसमेत भए । हाल उनी नेपाली कांग्रेसको महामन्त्री हुन् ।
सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश छन् ।
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरेका थिए । उनी पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।
सामान्य परिवारमा जन्मेका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल परेका थिए । नेविसंघ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चालेका शर्माले नेविसंघ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसंघ झापा सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गरेका शर्मा त्यसबेला उद्धव थापासँग २८० मतले पराजित हुनुपरेको थियो । तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर उनी आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लागेका थिए ।
विसं २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी बनेका शर्मा त्यसबेला नेकपा एमाले नेता कोइरालासँग पराजित भए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका कार्कीसँग पराजित भएका शर्माले यस पटक नेकपा एमालेका पोलिटब्यूरो सदस्य खरेललाई पराजित गरेका हुन् । शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित छन् । सानैदेखि विद्रोही स्वभावका शर्मा विपीका सच्चा अनुयायी मानिन्छन् ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
प्रतिकृया दिनुहोस