लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने - विश्वप्रकाश शर्मा
- गाउँ सहर संवाददाता
- २२ चैत शुक्रबार, २०८१ | २०:०५:०० मा प्रकाशित

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१) को कार्यालय भवनको आज उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गणतन्त्रको विरुद्ध भइरहेका अवाञ्छित गतिविधि देश र जनताको पक्षमा उपयुक्त नहुने बताएका हुन् ।
राजसंस्थाले आधा भन्दा धेरै जनसङ्ख्या भएका महिलालाई राजा हुनबाट वञ्चित गराएको उल्लेख गर्दै उनले अब एकल जाति, लिङ्गीलाई फेरि पनि देशको शासन व्यवस्थामा ल्याउने कुरा केवल गफ गर्ने मेलोमात्र हुने उनको भनाइ थियो ।
गणतन्त्रको संस्थागत विकासमा कैयौँ चुनौती देखिए पनि त्यसलाई अवसरसँगै चुनौतीका रूपमा काम गर्नतर्फ लाग्नुपर्ने महामन्त्री शर्माको जोड छ । उनले कांग्रेस प्रदेशसभा (१) को नवनिर्मित कार्यालयसहित बिपी भवन निर्माणमा सहयोग गर्ने दाता तथा जग्गादातालाई सम्मान गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस