विश्वकप महाकुम्भ

पुरूष टोलीले खेल्ने विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री

  • एजेन्सी
  • ३ मङ्सिर शनिबार, २०७९ | ०७:२४:०० मा प्रकाशित

पुरूष टोलीले खेल्ने विश्वकप फुटबलमा पहिलोपटक महिला रेफ्री सहभागी हुने भएकी छन् । फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक महिला रेफ्री सहभागी हुन लागेको बीबीसीले उल्लेख गरेको छ ।

रुवान्डाकी सलिमा मुकासांगा पुरुष टोलीको विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा छनौट भएकी छन् । गत वर्ष उनले अफ्रिका कप अफ नेसनमा रेफ्रीको भूमिकामा देखापरेकी थिइन् । टोक्यो ओलम्पिकमा पनि उनी रेफ्री थिइन् ।

सलिमा सन् २०१२ देखि फिफा रेफ्रीमा सुचीकृत थिइन् ।

एजेन्सी

तपाईँको मत