गाउँ सहर

पहरेदारकाे पूजा यसरी गर्याे नेपाल प्रहरीले (फाेटाे कथा)

काठमाडौँ । यमपञ्चकको दोस्रो दिनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग केनाईन कार्यालय महाराजगंजमा आयोजित कार्यक्रमबीच सोमबार कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा उक्त कार्यालयकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले कार्यालयमा रहेका विभिन्न तालिम प्राप्त कुकुरहरूलाई पूजा गरिन् । साथै उनले यस वर्षको उत्कृष्ट कुकुर ‘पप्पी’, आज भएका प्रतियोगितामा दौडमा उत्कृष्ट हुने कुकुर ‘रुरु’, हाइजम्पमा उत्कृष्ट हुने कुकुर ‘रिया’ र बाधापारमा उत्कृष्ट हुने कुकुर ‘रोज’लाई पुरस्कार तथा मेडल प्रदान गरेकी थिइन् ।

उक्त अवसरमा प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न स्थानको अपराध अनुसन्धान गर्न नेपाल प्रहरीका कुकुरहरूले पुर्‍याएको सहयोगबारे जानकारी दिएका थिए ।

Photo: Nepal Police

गाउँ सहर संवाददाता

तपाईँको मत