ग्लोबल आईएमई बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि
- गाउँ सहर संवाददाता
- ७ माघ सोमबार, २०८१ | १३:०१:०० मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको नाफामा ४९.५१ प्रतिशतको वृद्धि भएको छ ।
सोमबार प्रकाशित बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत वर्षको पुस मसान्तमा २ अर्ब ४ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५ करोड पुगेको हो ।
बैंकको खुद नाफा मात्रै होइन वितवरणयोग्य नाफा पनि बढेको छ । यस अवधिमा बैंकले २ अर्ब ६५ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
बैंकको इम्पेयरमेन्ट शुल्कमा भारी गिरावट आएकाले खुद नाफामा वृद्धि भएको देखिन्छ । गत वर्षको पुस मसान्तमा बैंकले इम्पेयरमेन्ट शुल्कबापत ४ अर्ब १४ करोड राख्नुपरेकोमा अहिले २ अर्ब २० करोड मात्रै छुट्याएको छ ।
बैंकको ब्याज आम्दानी घटेको छ भने शुल्क तथा कमिसनबापत हुने आम्दानी बढेको छ ।
नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६ रुपैयाँ पुगेको छ भने पीक रेसियो १३.८६ मा झरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस