बैङ्किङ सिस्टममा आएको अराजकता बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेका छाैँ - गभर्नर अधिकारी
- गाउँ सहर संवाददाता
- ७ माघ सोमबार, २०८१ | १३:३९:०० मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैङ्किङ सिस्टममा आएको अराजकता बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैङ्किङ क्षेत्रमा आएको अराजकताले दीर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् ।
उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाउँमा छ । यस्ता चुनौतीहरू भए पनि बैंकका साथीहरू खट्नुभएको छ । हामीले पनि निरन्तर रूपमा सम्बन्धित निकायहरूमा बैङ्किङ सिस्टममा यो अराजकताको असर कति ठूलो छ । दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौँ । र यस विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको छ । यस्ता विषयहरू सधैँ रहँदैनन् । समाधान हुँदै जान्छन् ।’
पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुँदै गएको बताए ।
उनले भने, ‘समग्र रूपमा अर्थतन्त्रका आधारभूत कुराहरू एकदमै राम्रो देखिन्छन् । हामी बाह्य क्षेत्रमा सबल छौ । मुद्रास्फीति पनि धेरै तहम्म बढेको छ । पछिल्लो महिना बाढी पहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पेय पदार्थ तिरको मुद्रास्फीति बढेको छ । तर पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ । बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन् । बैंकहरु नाफा र रिकभर हुँदैछ ।’
उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरू आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुँदा निरुत्साहित नहुन पनि आग्रह गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति
- नेप्से परिसूचक र काराेबार रकम दुवै बढ्याे
- ग्लोबल आईएमई बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि
- रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै ५९ जना नेता–कार्यकर्ताले एमाले छाडे
- महिला यू-१९ विश्वकपमा आज नेपालको स्कटल्याण्डसँग खेल्दै
- पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले आजको मौसम यस्ताे
- प्रथम खो खो विश्वकपमा नेपाली महिला टिम दाेस्राे
- आइएमई पेमा उडान मेला: आन्तरिक हवाइ टिकटमा सबैभन्दा बढी क्यासब्याक
- राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट खारेज
- रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालत पठाइयो
प्रतिकृया दिनुहोस