नायिका करिश्मा मानन्धरकाे निजी जीवनबारे टिप्पणी गर्ने खनाल पक्राउ
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण शुक्रबार, २०७९ | १३:०५:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आएका डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।
युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।
सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको एसएसपी नविन्द अर्यालले बताए ।
नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै केन्द्रीय साइबर ब्युरोमा उजूरी दिएकी थिइन् ।
केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो ।
एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिश्माको निजी जीवनबारे टिप्पणी गरेका थिए ।
विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने एसएसपी अर्याल बताउँछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस