तिहारकाे रमझममा भुलिएला, पटका स्वास्थ्य र पर्यावरणको लागि कत्तिको हानिकारक ?
- गाउँ सहर संवाददाता
- ६ कार्तिक आइतबार, २०७९ | २०:०९:०० मा प्रकाशित

काठमाडौँ । उज्यालो र फूलको पर्व तिहार तपाइँ हाम्रो नजिक आएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारले समाजलाई छोप्नै लागेको छ । तिहारमा काग, कुकुर, गाईगोरु, लक्ष्मी हुँदै भाईदिदी टिका लगाएर विदा गरिन्छ । लगत्तै छठ र नेपाल सम्बतपनि छ ।
तिहार अर्थात दिपावलीमा फुलको मात्र होइन पटका, झिरझिरे, भूइँचम्पा, लगायत उज्यालोका समाग्रीहरुको पनि उत्तिकै प्रयोग हुने गरेको छ । पटका र उज्यालोका सामाग्रीको प्रयोग भएनभने तिहार जस्तै हुँदैन । यी सामाग्रीहरूकाे संयाेजन हाम्राे परम्परा नै बनिसक्याे । त्यसैले उज्यालोको पर्वको रुपमा चिनिन्छ तिहारलाई । तर, पटका स्वास्थ्य र पर्यावरणको लागि कत्तिको हानिकारक छ भन्ने बुझेर यसको प्रयोग गर्दा राम्रो हुने विज्ञहरु बताउँछन् ।
दिपावलीको धुमधमाकाबीच स्वास्थ्यसँग जोडिएका समस्याबाट कसरी बच्ने ? कसरी हेरचाह गर्ने ? विषयमा यो जानकार हुनु अवश्यक छ । किनकी सानाे बेहाेसियारीले पछि पछुताउनुपर्ने हुनसक्छ । तिहारले अधिक खुसी लिएर आउँछ तर दम, एलर्जी जस्ता रोगबाट पीडितलाई यो समयमा झन बढी समस्या थपिने गरेको छ । पटकामा भएको साना कणले स्वास्थ्यमा असर गर्ने, जसले फोक्सोमा सिधै असर गर्ने चिकित्सकले बताएका छन् । यदी अवस्था असहज हुँदै गए रोगीको मृत्युसम्म हुने उनीहरुले बताएका छन् । तसर्थ, यो बेला बिरामीले अत्यधिक सावधानी अपनाउनुपर्ने हुन्छ । जाेगिएर हेर्ने, वा खेल्ने गर्नुपर्छ ।
पटकाको धुँवाले फोक्सोमा आक्रमण गर्ने संभावना बढी हुन्छ । हानिकारक विषाक्त कण फोक्सोमा पुग्ने भएकोले ज्यान जाने अवस्थापनि हुनसक्छ । यसकारण जसलाई श्वासको समस्या छ उनीहरु प्रदुषित हावाबाट बच्नुपर्ने चिकित्सकको राय छ । उनीहरु भन्छन् - रक्त प्रवाहमा समेत असर गर्दछ ।
बच्चा र गर्भवती महिलालाई पटकाको धुँवा र आवाजबाट टाढा राख्न उनीहरु सुझाउँछन् । यसको असरले बच्चामा श्वासप्रश्वासको समस्या देखिनसक्ने र गर्भ तुहिने संभावना औँल्याएका छन् । पटका र रंगीचंगी झिरझिरेहरुले रुघा, खोकी, एलर्जी लगायत क्यान्सरसम्मको चेतावनी डाक्टरहरुले दिएका छन् ।
विशेषज्ञले १०० डेसिबलभन्दा बढी ध्वनी प्रदुषणले हाम्रो सुन्ने क्षमतामा असर गर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शहरको लागि ४५ डेसिबल ध्वनी अनुकूल हुन्छ । यसकारण तिहार भनेर नआत्तिनुहोस, सजग भएर सहभागी हुनुहोस्, रोगले आक्रमण गरिहाले वा शंका लागेमा डाक्टरको सल्लाह लिन नभूल्नुहोला ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस