कामीरिता शेर्पा ३१ औं पटक सगरमाथामा, अर्को विश्व रेकर्ड
- गाउँ सहर संवाददाता
- १३ जेठ मंगलबार, २०८२ | ०८:१४:०० मा प्रकाशित

काठमाडौं । कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज मंगलबार ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।
कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए ।
उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । उनी भोली बिहानसम्म ५२ सय मिटर उचाइको सगरमाथा आधार शिविरसम्म फर्किने छन् । त्यहाँबाट हेलिकोप्टर उडानबाट काठमाडौं फर्किने तालिका छ ।
दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।
त्यसयता उनी सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरू ४५ पटक उक्लिसकेका छन् । उनले एकै सिजनमा दोहोर्याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
उनीपछि सर्वाधिक सगरमाथा आरोहण गर्ने अर्का आरोही खुम्बु पाङबोचेका पासाङ दावा (पादावा) शेर्पा छन् । उनले २७ पटकसम्म सगरमाथा आरोहण गरेका छन् ।
‘एभरेष्ट म्यानले फेरि गर्यो चमत्कार! ३१ औँ पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहणका लागि बधाई!’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गृहमन्त्री लेखक भन्छन्-'मेरोविरुद्ध कुनै उजुरी छ ? काहीँ छानबिन भइरहेको छ ?'
- बागमती सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत, यी हुन प्राथमिकताका विषय (पूर्णपाठ)
- बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढ्याे
- प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध
- अमेरिकाले विद्यार्थी भिसा प्रक्रियामा लगायो प्रतिबन्ध, सामाजिक सञ्जाल पनि जाँच गरिने
- प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै गरे संसद् अवरुद्ध
- के छ सगरमाथा बेसक्याम्पबाट कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई लेखेकाे पत्रमा ?
- प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
- रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश
- सात दिनभित्र बैठक बोलाउन बालेनलाई अल्टिमेटम, उपमेयर डंगोलसहित ४१ सदस्यले बुझाए पत्र
प्रतिकृया दिनुहोस