तिहारपछिकाे पहिलाे दिन यस्ताे देखियाे शेयरबजार
- गाउँ सहर संवाददाता
- २० कार्तिक मंगलबार, २०८१ | १५:००:०० मा प्रकाशित

काठमाडाैं । तिहार पछि खुलेको बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज मंगलबार शेयर बजारको सूचकांक नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) ०.२१अंक घटेर बन्द भएको छ । आज नेप्से दुई हजार छ सय ७७ दशमबल ४० अंकमा पुगेर रोकिएको छ । तिहार अघि बुधबार बजार १४.४३ अंकले नेप्से परिसूचक घटेर बन्द भएको थियो । नेप्से दुई हजार ६७७.६२ बिन्दु रहेको थियो ।
आज ११३ कम्पनीको शेयरमूल्य बढेकोमा १२४ कम्पनीको शेयरमा भने गिरावट आएको छ । चार वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेप्सेका अनुसार आज सुपर माइ हाइड्रो पावर, समाज लघुवित्त संस्था, युनाइटेड मोदी हाइड्रोपावर र गुराँस लघुवित्त संस्थामा पोजेटिभ सर्किट लागेको हो ।
आज ४ अर्ब २० करोड ५५ लाख बराबरको शयेर खरिद विक्री भएको नेप्सेले जनाएको छ । गत हप्ता बुधबार ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
- चिलिमे जलविद्युत् केन्द्र बन्द
- चिनियाँ राष्ट्रपति सीसामु ‘प्रधानमन्त्री ओलीले जनाए आपत्ति’
- मनाङ १ (२) मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने आयोगको निर्णय
- नेपाल प्रहरीको ३२औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त
- सुनको भाउमा ताेलामै नाघ्यो २ लाख
- ३८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार ८ अर्ब माथि
- सुनको मूल्य हालसम्मकै उच्च, ताेलाकाे कति ?
- सामाजिक सञ्जाललाई सूचीकरणकाे अल्टिमेटमसहित मन्त्रिपरिषद्का यी १० निर्णय
प्रतिकृया दिनुहोस