विगतका दिनमा जे भयो त्यो छोडौँ, अब हामीले प्रोत्साहन र अनुदान दिने भनेको उत्पादन गर्नेलाई नै हो
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | १३:५१:०० मा प्रकाशित
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने बताएका छन् । ‘नाडा ईभी ओटो सो’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री शर्माले अब प्रपोजल लेख्नेले अनुदान नपाउने र उत्पादन क्षेत्रलाई विशेष प्रोत्साहन गर्ने बताएका हुन् ।
उनले भने, “अनुदान र प्रोत्साहन भनेको उत्पादनमा लाग्नेलाई दिने हो । राम्रो प्रपोजल लेखेर ल्याउनेलाई हैन ।” “सरकारको नीति नै आयात प्रतिस्थापन गर्ने र उत्पादन वृद्धि गर्ने हो । विगतका दिनमा जे भयो त्यो छोडौँ, अब हामीले प्रोत्साहन र अनुदान दिने भनेको उत्पादन गर्नेलाई नै हो ।”
आयातलाई प्रतिस्थापन गर्ने राज्यको नीति भएकाले उद्योगी व्यवसायीहरूले पनि सोहीअनुसार काम गर्नु पर्ने मन्त्री शर्माको भनाइ छ ।
उत्पादनमा जोड दिने उद्योगी र व्यवसायीलाई सरकारले सहयोग गर्ने भन्दै मन्त्री शर्माले ढुक्क भएर काम गर्न पनि आग्रह गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस