जय नेपाल पार्टीमा १० जना केन्द्रीय सदस्य थपिए
- २३ असोज शुक्रबार, २०८३ | १८:५३:०० मा प्रकाशित
काठमाडौं । धवलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले संगठन विस्तार गर्दै १० जना केन्द्रीय सदस्यसहित विभिन्न पदमा मनोनयन गरेको छ। पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति, सल्लाहकार समिति, प्रदेश तहका इन्चार्ज तथा संयोजक, विभिन्न विभाग र समितिका संयोजक तथा जनवर्गीय संगठनका सभापति तोकेको जनाएको छ।
पार्टीको केन्द्रीय सदस्यमा ठाकुर बम मल्ल (पर्वत), जिम्बा जाङबु शेर्पा (सोलुखुम्बु), गजेन्द्रबहादुर सिंह (कैलाली), अन्जु बस्याल (सुर्खेत), लोकेन्द्र पोखरेल (भक्तपुर), सुधन पाण्डे (अर्घाखाँची), मानवकुमार हमाल (डोल्पा), भूपेन्द्रनाथ योगी (सुर्खेत), केशर आउजी (अछाम) र कमलबहादुर पाण्डे (काठमाडौं) मनोनीत भएका छन्।
त्यस्तै, सम्मानित सल्लाहकार समितिको सदस्यमा गजेन्द्र विष्ट (कञ्चनपुर), मानबहादुर खड्का (सुर्खेत) र कर्मचन्द आजाद (बाँके) लाई मनोनयन गरिएको छ।
प्रदेश तहमा सुदूरपश्चिमको इन्चार्जमा गजेन्द्रबहादुर सिंह र संयोजकमा गोविन्द पाण्डे, कर्णालीको इन्चार्जमा जनकबहादुर सिंह र संयोजकमा भीमबहादुर शाही तथा लुम्बिनीको इन्चार्जमा नारायणप्रसाद कोइराला र संयोजकमा ऋषिराज देवकोटालाई जिम्मेवारी दिइएको छ।
यसैगरी, गण्डकी प्रदेशको इन्चार्जमा रामराज कोइराला र संयोजकमा वरुण विक्रम राणा तथा बागमती प्रदेशको इन्चार्जमा नवराज सिंखडा र संयोजकमा किरण ढुंगेल मनोनीत भएका छन्।
विभिन्न विभाग तथा समितिको संयोजक पनि तोकिएको छ। आर्थिक स्रोत व्यवस्थापन विभागको संयोजकमा समृद्धि राणा, धर्म संस्कृति समन्वय विभागमा प्रभात योगी, पर्यटन विभागमा जिम्बा जाङबु शेर्पा र सांस्कृतिक कला विभागमा खगेस रन्जितकारलाई जिम्मेवारी दिइएको छ।
लघुवित्त, बैंक, सहकारी तथा मिटरब्याज पीडित उत्थान समितिको संयोजकमा होमनाथ गौतम र सञ्चार संगठन गठन तयारी समितिको संयोजकमा राधिका जोशी मनोनीत भएका छन्।
जनवर्गीय संगठनतर्फ नेपाल उत्पीडित संगठनको सभापतिमा अर्जुन नेपाली र नेपाल कबाडी संगठनको सभापतिमा वीरबहादुर गुरुङलाई मनोनयन गरिएको छ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिमा विभिन्न तह र निकायमा गरिएको मनोनयनबारे जानकारी दिइएको हो।
प्रतिकृया दिनुहोस