धार्मिक कार्यले समाजमा सकरात्मक सन्देश दिन्छ- मेयर आचार्य
- विष्णुहरि पाैडेल
- २४ श्रावण मंगलबार, २०७९ | ०७:१६:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धार्मिक कार्यले समाजमा सकरात्मक सन्देश दिने बताएका छन् । पोखरा महानगरपालिका वडा नं २६ को बुढिबजार सक्नेरीमा संचालित शिवपुराण ज्ञान महायज्ञ समापन समारोहमा बोल्दै धर्मले मानिसलाई अनुशासित र स्वच्छ बनाउने भएकाले बाँचुन्जेल सम्मको जीवनलाई सहज र सामाजिक क्षेत्रमा लगाउनुपर्ने बताए ।
यस प्रकारका धार्मिक कार्यले समाजमा सकरात्मक सन्देश दिने र मानवीय सभ्यता एवंम सस्कृतिको रक्षा गर्दै भावी पुस्तालाई लोक सस्कृतिका बारेमा जानकारी गराउनु नै यस महायज्ञको मुख्य उद्देश्य रहेको बताएका थिए ।
पोखरा महानगरपालिका वडा नं २६ को बुढिबजार सक्नेरीमा संचालित शिवपुराण ज्ञान महायज्ञ लक्ष्य अनुसारको सफलता हात पर्दै सकिएको छ । गत साउन १४ गतेदेखि सुरु भएको महायज्ञ सुरुमा २२ गतेसम्म संचालन गर्ने निणर्य गरेपनि पछि भक्तजनको आग्रहमा एक दिन थप गरिएको हो । यसैबीच महायज्ञ समापनको दिन सोमवार र एकादशी समेत परेकाले भक्तजनहरुको बाक्लो उपस्थितिमा समापन गरिएको हो ।
११ दिनसम्म चलेको महायज्ञको समापनसम्म आईपुग्दा ७१ लाख २९ हजार चार सय ३६ रुपियाँ संकलन भएको छ । सुरुमा आयोजकहरुले आन्तरिक रुपमा करिव ६० लाख संकलन हुने अनुमान गरेपनि समापनसम्म आईपुग्दा लक्ष्य भन्दा बढिको सफलता हात पार्दै महायज्ञ सकिएको आयोजक संस्थाका संयोजक जगन्नाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।
कार्यक्रममा नेकपा एमाले पोखरा २६ का अध्यक्ष रामचन्द्र तिमिल्सेना,नेपाली काग्रेस पोखरा २६ का सभापति शिवबहादुर रानाभाट, बह्मकुमारी टिका लगायतले सबैको साथ र सहयोगले महायज्ञले लक्ष्यभन्दा बढिको सफलता हात पारेको बताएका थिए ।
शिव पुराण ज्ञान महायज्ञको समापनको दिन सोमवार मात्र करिव पाँच लाख ७९ हजार संकलन भएको छ भने अहिलेसम्म करिव ७२ लाख भन्दा बढि संकलन भएको छ ।
बैद्धिक सनातन धर्म र सस्कृतिको रक्षार्थ समस्त पितृ उद्धार, राष्ट्र कल्याण, बहुउद्देश्यीय सामाजिक भवनको समयानुकूल स्तरोन्नती, जेष्ठ नागरिक दिवा सेवालाई थप ब्यवस्थित रुपमा संचालन गर्नका लागि अक्षयकोष स्थापना एवंम लोक संस्कृती संरक्षण संग्रहालय निर्माण गर्ने उदेश्यले ज्ञान महायज्ञ गरिएको हो ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवम् १५औं महाधिवेशन
- आयुर्वेदिक महत्व बाेकेकाे खयरकाे चिया
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
प्रतिकृया दिनुहोस