धेरैठाउँ बाढीकाे खतरा, विभाग भन्छ- उच्च सतर्कता अपनाऔँ
- गाउँ सहर संवाददाता
- २१ श्रावण शनिबार, २०७९ | ०६:४६:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग बाढी सूचनाका अनुसार देशका धेरै स्थानहरूमा भारी वर्षा भएकाे र त्यसले प्रभाव पार्ने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।
उसका अनुसार लुङ्गरि नदि, खुङ्गरि प्युठान जलमापन केन्द्रमा जलसतह ४.२८ मि. सतर्कता तह आसपास रहेको, तामाकोशी नदि, गोंगर जगत, दोलखा जलमापन केन्द्रमा जलसतह ४.६२ मि. सतर्कता तह आसपास रहेकाे र नदि बढ्दो क्रममा रहेको छ ।
यस्तै सोलुखुम्बु, सोलु खोला, साल्मे जलमापन केन्द्रमा जलसतह ४.८१ मि. पुगेकाे, धनकुटाको मछुवाघाट र त्रिवेणी आसपासका क्षेत्रमा भारी वर्षा भएकोले सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनुहुनेले उच्च सतर्कता अपनाउन विभागले भनेकाे छ ।
"सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे र आसपास पछिल्लो ३-६ घण्टा भारी वर्षा मापन भएकाे छ । मेलम्ची नदी नकोटेको जलसतह बढ्दो छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफि र अन्य साना खोलामा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, बिहान १० बजे सम्म अति उच्च सतर्कता अपनाऔ" विभागले भनेकाे छ ।
उता सप्तकोसी नदीको सुनकोसी, दुधकोसी र तमोर जलाधारको केही स्थानमा भारी वर्षा मापन भएको छ । सप्तकोसी नदी चतरामा जलसतह बढ्दो छ । सतर्कता आसपास नजिक पुग्न सक्छ, विभागले अनुरोध गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस