जब मुम्बई उड्न लागेको विमानमा आतंकवादी रहेको सूचना फैलियाे...
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | १६:२३:०० मा प्रकाशित

काठमाडौं । भारतको मुम्बई उड्न लागेको एक जहाजमा आतंकवादी रहेको सूचना बाहिरिएपछि सबै यात्रुलाई ओरालेर जाँच गरिएको छ । नेपाल एअरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रुलाई ओरालेर शंकास्पद दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
जहाज दिउँसो १:१० मा मुम्बई उड्नुपर्ने थियो । जहाजमा चालक दलका सदस्यसहित १४१ जना यात्रु थिए । मुम्बईका लागि उड्न लागेको जहाजको ढोकासमेत बन्द गरि सकिएको थियो । आतंकवादी रहेको सूचना आएपछि प्रहरीले जहाज उड्नबाट रोकेको हो ।
सबै यात्रुको जाँचपछि दुई व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति शंकास्पद आतंकवादी हुन् ?
जहाजबाट पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी भएको खुलेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार उनी धनगढीका व्यवसायी हुन् । पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ ।
शंकाको आधारमा लामिछाने र मीना लामिछाने पक्राउ परेका छन् । अनुसन्धानकै क्रममा उनीहरु सुन व्यवसायमा रहेको खुलेको छ । श्रीमान श्रीमतीका रुपमा रहेका उनीहरु सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघमा आबद्ध रहेका छन् ।
कैलाली घर भएका लामिछानेमाथि सुनचाँदी र अन्य गर्ने कारोबारमाथि समेत शंका लागेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए । त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो ।
कैलालीमा गहना पसल चलाउँदै आएका उनी चोरी तथा तस्करीको सुन किनेर बिक्री गर्ने कार्यमा संलग्न थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस