सातामा धितोपत्र बजारका सबै महत्वपूर्ण परिसूचकहरू सकारात्मक, लगानीकर्तामा चमक देखियाे, कति टिक्ला ?
- गाउँ सहर संवाददाता
- १४ श्रावण शनिबार, २०७९ | १५:४८:०० मा प्रकाशित
काठमाडौँ । यो साता धितोपत्र बजारका सबै महत्वपूर्ण परिसूचकहरू सकारात्मक बनेका छन् ।
गत साताको तुलनामा यो साता सबै सूचकहरू बढेका हुन् । गत साता २ हजार १७ दशमलव ४६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार १४० दशमलव ५२ विन्दुमा पुगेर बन्द भएको छ । साताको कारोबारमा नेप्से परिसूचक १२३ दशमलव शून्य ६ अंकले बढेको हो ।
यो साता ६ कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र घटेको छ । साताको पहिलो कारोबार दिन ६१ दशमलव शून्य ५ अंकले र दोस्रो दिन ५४ दशमलव ४५ अंकले बढेको बजार तेस्रो दिन भने ४४ दशमलव ८० अंकले घटेको थियो । त्यस पछिका तीन कारोबार दिन भने नेप्से परिसूचक निरन्तर बढेको छ ।
साताको चौथो कारोबार दिन २३ दशमलव ८३ अंक, पाँचौ दिन १५ दशमलव ४९ अंक र छैठौ दिन १३ दशमलव शून्य ५ अंक नेप्से परिसूचक बढेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि २३ दशमलव २४ अंक माथी उक्लिएको छ । गत साता ३८६ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४०९ दशमलव ४८ विन्दुमा पुगेको हो ।
गत साता ९ अर्ब ६६ करोड २६ लाख ८० हजार रूपैयाँ बराबरको २ करोड ३२ लाख ६४ हजार १५५ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता २० अर्ब ८७ करोड २० लाख ३८ हजार रूपैयाँ बराबरको ४ करोड ९६ लाख ८१ हजार ७१९ कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साताको तुलनामा यो साता ११ अर्ब २० करोड ९३ लाख ५७ हजार रूपैयाँ बराबरको २ करोड ६४ लाख १७ हजार ५६४ कित्ता बढी धितोपत्र खरीदविक्री भएको हो ।
यो साता लगानीकर्ताहरूको सम्पत्तिको मूल्य अर्थात कुल बजारपूँजीकरण १ खर्ब ७५ अर्ब ७२ करोड ३९ लाखले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख रहेको कुल बजारपूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ५६ अर्ब ५३ करोड ५९ लाख कायम भएको छ ।
साता धितोपत्र बजारका सबै महत्वपूर्ण परिसूचकहरू सकारात्मक देखिएपनि उत्साह कति टिक्ला भन्ने प्रश्नचाहिँ उब्जिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस