दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट
- गाउँ सहर संवाददाता
- २३ पौष बुधबार, २०८२ | १५:५७:०० मा प्रकाशित
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) मा आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंक ले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । कुल ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा आज ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको थियो ।
आजको कारोबारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज बजारमा ट्रेडिङ र फाइनान्स बाहेक सबै सूचक घटेका छन् । होटल र उत्पादमूलक क्षेत्रमा १ प्रतिशत भन्दा धेरै गिरावट हुँदा अरु सबै समूहको घटबढ सोमभन्दा कम रहेको छ ।
आज सर्वाधिक नाफा कमाउने कम्पनीमा नारायणी विकास बैंकको मूल्य ६.०८ प्रतिशतले बढ्नु बाहेक अन्य कम्पनीमा उल्लेख्य वृद्धि भएन । एसवाई प्यानलको मूल्य ८.४५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । यस कम्पनीको २६ करोड ९४ लाख ९७ हजार २८२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, श्रीनगर एग्रोटेकको २३ करोड ५५ लाख ६५ हजार तथा मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस