कारोबारसँगै घट्यो सेयर बजार
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर सोमबार, २०८२ | १५:५७:०० मा प्रकाशित
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ ।
अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७१ करोडमा खुम्चियो ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।
त्यस्तै ग्रिन भेन्चर्सको ९.३१, नारायणी डेभलपमेन्ट बैंकको ६.६६, मनकामना इन्जिनियरिङको ५.४४ तथा युनाइटेड मोदी हाइड्रोपावरको ४.४० प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो । एनआरएन इन्फ्रास्ट्रक्चरको ३ तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सको २.२२ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, बन्दीपुर केबुलकार, नेपाल पुनर्बीमा र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस