आइतबार सेयर बजार १८ अंककाे गिरावट
- गाउँ सहर संवाददाता
- ८ भदौ आइतबार, २०८२ | १६:५५:०० मा प्रकाशित
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ । कारोबार सुरुवातपछि बढेको बजार ११ : १७ बजे २७७० अंकमा पुगे पनि त्यसपछिको ओरालो यात्रा अन्तिम समयसम्म कायम रह्यो ।
बजारको अंक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।
उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे । सो समूह ०.१५ प्रतिशत बढ्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटे ।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । हालै सूचीकृत सो कम्पनीको मूल्य ३८८.७० रुपैयाँ पुगेको छ । त्यस्तै सीवाईसी लघुवित्तको ४.७४, हिमालयन डिस्टिलरीको ३.६०, अपर स्यङ्गे हाइड्रोपावरको २.३५ प्रतिशत मूल्य बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशत घट्यो । पियोर इनर्जीको ४.३५, सान्भी इनर्जीको ३.९८ तथा रावा इनर्जीको ३.८५ प्रतिशत मूल्य घट्यो ।
आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भयो । सो कम्पनीको मात्रै १ अर्ब ७५ करोडको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट अगाडि रहे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस