गाउँ सहर
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच के कुराकानी भयाे ?
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | २१:२१:०० मा प्रकाशित
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज (शुक्रबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर लुले देउवालाई भेटेका हुन् । उक्त भेटवार्ताको क्रममा नेपाल–अमेरिकाको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको जनाईएको छ ।
भेटवार्ताबारे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्–‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च तहको आर्थिक संलग्नताका हुनुपर्ने बताएँ ।’
हिजो नेपाल आएका लुले आजबाट उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका छन् । आजमात्रै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस