गाउँ सहर
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच के कुराकानी भयाे ?
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | २१:२१:०० मा प्रकाशित

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । आज (शुक्रबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर लुले देउवालाई भेटेका हुन् । उक्त भेटवार्ताको क्रममा नेपाल–अमेरिकाको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको जनाईएको छ ।
भेटवार्ताबारे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्–‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च तहको आर्थिक संलग्नताका हुनुपर्ने बताएँ ।’
हिजो नेपाल आएका लुले आजबाट उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका छन् । आजमात्रै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस