श्वेत गंगा हाइड्रोपावरको आईपीओ आजदेखि खुला
- गाउँ सहर संवाददाता
- ४ श्रावण बुधबार, २०७९ | ०८:१५:०० मा प्रकाशित
काठमाडाैं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि २४ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशत सेयर जारी गरेको हो ।
कुल जारी २३ लाख ८९ हजार ५०० कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा साउन ८ गते आइतबारसम्म मेरो सेयर मोबाइल एप तथा मेरो सेयर वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्तासम्म खरिदका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निमार्ण गरेको २८।१० मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा ५ वटा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको छन् । जसमा लक्ष्मी बैंक,कुमारी बैंक, सेन्चुरी कमर्सियल बैंक र प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी ८० करोड रुपैयाँ सहित कुल ५ अर्ब ५९ करोड लागतको ७५ प्रतिशत अर्थात ४ अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस