चितुवाको आक्रमणमा परि काठमाडाैं मै पाँच जना घाइते
- गाउँ सहर संवाददाता
- ३० असार बिहीबार, २०७९ | ०८:३६:०० मा प्रकाशित
काठमाडौं । चितुवाको आक्रमणमा परि काठमाडाैं मै पाँच जना घाइते भएका छन् । काठमाडौंको नागर्जुनमा नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै परिवारका चारजना सहित पाँच जना घाइते भएका हुन् ।
मध्यरातमा करिब १ बजे घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेपछि लखेट्न जाँदा चितुवाले आक्रमण गरेको वडाध्यक्ष सुरज कुमार पोखरेलले बताए ।
घाइतेहरुलाई उपचारको लागि राति नै मनमोहन अस्पताल लगिएको थियो । उनका अनुसार घाइते भएका पाँचजना मध्ये २ जना डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार भइरहेको छ ।
उपचार भइइरहेको मध्ये हजुरआमाको अवस्था गम्भीर रहेको छ । कुखुरा कुरेर त्यहीँ छाप्रोमा बसेका राम भट्टराईले खोरमा विरालो पस्यो भनेर बाबुआमालाई बोलाउन गएका थिए ।
विरालो भनेर धपाउन जाँदा चितुवाले हजुरआमा सानीमैया भट्टराई बुबा कुमार भट्टराई,आमा सरस्वतिलाई आक्रमण गरेको थियो । हल्लाखल्ला भएपछि पुगेका छिमेकी सुविन भट्टराई समेत घाइते भए ।
आमा सरस्वतीका हात भाँचिएको छ भने बुबा कुमारको घाटी र टाउँकोमा चोट लागेको छ । हजुरआमाको टाउकोमा चोट लागेर टाका लगाइएको छ । भने रामको हातमा चोट लागेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस