प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूची यस्ता छन्
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | ०८:०२:०० मा प्रकाशित
काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (सोमवार) बिहान ११ बजे बस्दैछ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले ‘रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने समेत सम्भावित कार्यसूची छ ।
प्रतिनिधि सभाको आजकै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले ‘औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
आजैको बैठकले सो विधेयकलाई पारित गर्न प्रस्ताव गरिने समेत सम्भावित कार्यसूची छ ।
मन्त्री खापुङले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव गर्ने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
आजैको बैठकमा मन्त्री खापुङ्गले सो विधेयकलाई पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस