नेपालमा विदेशी र स्वदेशी ऋण बढेर गएकोमा चिन्ता - डा. लाेहनी
- गाउँ सहर संवाददाता
- १८ असार शनिबार, २०७९ | ०७:२३:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा विदेशी र स्वदेशी ऋण बढेर गएकोमा चिन्ता बढेकाे राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले बताएका छन् । सामाजिक सञ्जालमा विचार प्रस्तुत गर्दै उनले २ ऋण बढेको प्रसंग उठाउँदै ऋणको कसरी उपयोग भइरहेको छ भन्ने कुरो झन् महत्वपूर्ण रहेकाे बताएका हुन् ।
उनले भनेका छन्, "नेपालका शासकहरुले ऋण आफ्नो स्वार्थको लागि धेरै दुरुपयोग गरेका छन् । त्यसैले थोरै "अग्रगामी " नव सामन्तहरु अकुत सम्पति कमाएर मोटाएका छन् र आम नेपाली दुब्लँदै गएका छन् । यसैकारण राज्यको ऋण तिर्न सक्ने क्षमतामा संकट आउने देखिन्छ । यो भनेको श्रीलंकाको बाटो मा लाग्नु हो ।"
डा. लाेहनीले जबसम्म शासकहरुले राजनीतिलाई पैसा कमाउने व्यापारको रुपमा प्रयोग गर्छन तबसम्म थितिमा सुधार आउन गाह्रो रहेकाे बताए । उनले भने, "शासनमा राज्य सत्तालाई भ्रष्टाचार गरेर पैसा कमाउने मेसिन बनाउने र भाषणमा भने महा इमान्दार हुने पाखण्डी झुण्डहरुलाई अब हामी नेपालीले रोक्न नसक्ने हो भने देश संकटमा जाने स्पष्ट छ ।"
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस