अर्थतन्त्र
लामो समयदेखि निरन्तर ओरोलो लागेको नेप्सेमा आज आइतबार उच्च अंकको वृद्धि
- गाउँ सहर संवाददाता
- १२ असार आइतबार, २०७९ | १५:२९:०० मा प्रकाशित

काठमाडौँ । लामो समयदेखि निरन्तर ओरोलो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज आइतबार भने उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ९४.९२ अंकले बढेर एक हजार ९ सय ५६ दशमलब ९८ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । यसअघि एक अर्बमा खुम्चिएको कारोबार रकम आज भने दुई अर्ब भन्दा बढी भएको छ । आज नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । यसमध्ये २१ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने ३१ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस