जनकपुरलाई हराउँदै लुम्बिनी अंक तालिकामा शीर्षस्थानमै
- गाउँ सहर संवाददाता
- १९ कार्तिक बिहीबार, २०८३ | १६:३३:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ ।
बिहीबारकाे खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले हराएको हो ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रनमात्रै बनाउन सक्यो ।
हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । रुवेन ट्रम्पलमनले एक सफलता हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्यो ।
रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए ।
बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।
चार खेलमा तीन जित र एक रद्द भएको खेल गरी ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत छ । जनकपुर भने ५ खेलमा तीन हार र दुई जितको नतिजासहित ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगनको प्रष्टिकरण : एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन
- आज सुनचाँदी दुवैकै मूल्यमा उच्च वृद्धि
- के छ माैसम पूर्वानुमान
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
- भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे, म्हः पूजा र नेपाल संवत् नयाँ वर्ष पनि सोही दिन
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
प्रतिकृया दिनुहोस