काठमाडाैँ । गर्मी तथा वर्षा याम सुरू भएसँगै झाडापखाला, हैजा जस्ता राेगहरू फैलने भन्दै सावधानी र सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुराेध गरेकाे छ ।
पखालाका जाेखिममा काे बढी पर्छन् ?
स्तनपान नगराइ बाेतलकाे दूध खुवाइएका बच्चाहरू
कुपाेषित बालबालिका
दुषित खाना र पानी खाएमा
व्यक्तिगत सरसफाइमा ध्यान नदिएमा
खाेप नपाएका बच्चाहरू ।
लक्षणहरू
पेट दुख्ने
बान्ता हुने
असाध्यै तिर्खा लाग्ने
पातलाे दिसा हुने ।
पखाला लाग्नबाट बच्ने उपाय
चर्पीमा मात्र दिसा पिसाव गर्ने
दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने
खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने
पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थाेपा क्लाेरिन झाेल मिलाएर मात्रै पिउने
बासी, सडेगलेकाे, झिँगा भन्केकाे खानेकुरा नखाने
खानेपाीकाे मुहान सफा र सुरक्षित राख्ने ।
घरैमा उपचार गर्ने ५ नियम
झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घाेल्ने र पटकपटक खुवाउने
पशस्त मात्रामा सफा तथा झाेल कुराहरू पटकपटक खान दिने
नरम तथा सजिलै पच्ने खानेकुरा थाेरै थाेरै गरी पटकपटक खुवाइरहने
स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीकाे मात्रा नविराइकन खुवाउने
व्यक्तिगत सरसफाइमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने ।
तलका कुनै पनि लक्षण देखिएमा तुरून्तै स्वास्थ्य संस्थामा लैजाने
खान पिउन नसक्ने गरी बिरामी भएमा
दिसामा रगत देखा परेमा
बारम्बार बान्ता भइरहेमा
ज्यादै तिर्खाएमा
ज्वराे आएमा
धेरैपटक पातलाे दिसा गरेमा ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस