खेल
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत खेलमा नेपाल र ओमान भिड्दै
- गाउँ सहर संवाददाता
- ३१ जेठ मंगलबार, २०७९ | ०८:१८:०० मा प्रकाशित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा ओमानसँग खेल्दैछ ।
नेपाली समय अनुसार राति ९:१५ बजे टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाल र ओमानविरुद्ध प्रतिस्पर्धा हुनेछ ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ । शनिबार भएको खेलमा नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस