रूपन्देही दुर्घटनामा मृत्यु भएकामध्ये आठ जनाको सनाखत
- गाउँ सहर संवाददाता
- २२ जेठ आइतबार, २०७९ | १९:३९:०० मा प्रकाशित

भैरहवा । जनकपुरबाट भैरहवा आउँदैगरेको लु.२ ख. ३८४१ नम्बरको यात्रुबाहक बस रूपन्देहीको रोहिणी नदीमा दुर्घटना हुँदा ९ जनाको मृत्युभएकामध्ये आठ जनाको सनाखत भएको छ ।
आइतबार बिहान करिब ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका –३ र ओमसतिया गाउँपालिका–४ को सीमाना स्थित बसन्तपुर पुलबाट बस रोहिणी नदीमा खसेर दुर्घटनामा परेको थियो ।
दुर्घटनाको खबर पौने ५ बजेतिर आएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् । यस्तै, रूपन्देहीको तिलोत्तमा नगरपालिका ९ की तुलसी बस्याल र भारतीय नागरिकहरु अरविन्द्र शर्मा, नागेन्द्र शर्मा र सन्जय गुप्ताको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएकामध्ये एक जनाको सनाखन हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।
बस दुर्घटनामा २४ जना घाइते भएका छन् ।उनीहरुको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस