भोटेकोशी बाढी : मृतकको संख्या १ हजार ४५१ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
- गाउँ सहर संवाददाता
- ६ असोज मंगलबार, २०८३ | ०९:२७:०० मा प्रकाशित
काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४५१ पुगेको छ। मंगलबार बिहान ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४४९ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव रहेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार ३३३ शव व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३४५ डीएनए नमुना संकलन गरिएको छ।
पहिचान हुन बाँकी १ हजार ४२४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ। प्रहरीले आफन्त तथा सरोकारवालालाई उपलब्ध विवरणका आधारमा शव पहिचान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापन लगायतका कामका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार अझै ४ हजार ७१८ जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ।
यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार ३४२ जना राखिएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
प्रतिकृया दिनुहोस