स्वास्थ्य

काेराेनाका नयाँ १४ संक्रमित थपिए ८ डिस्चार्ज

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा थप १४ जना काेराेना संक्रमित थपिएका छन् भने ८ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा २ हजार ५९५ जनाकाे परीक्षण भएकाे थियाे ।

साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । साे अवधिमा १ लाख ४३ हजार ५८२ जनाले खाेप प्राप्त गरेका छन् ।

अहिलेसम्म काेराेनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । देशमा अब १०१ सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता