अर्थतन्त्र

दैनिक घटेकाेघट्यै सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा पुगेको हो । मंगलबार नेप्से ३५.५३ अंकले घटेर दुई हजार एक सय ३७ दशमलब ९२ विन्दुमा बन्द भएको थियो ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता