दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्से परिसूचक बुधबार पनि घटेर बन्द
- गाउँ सहर संवाददाता
- २८ श्रावण बुधबार, २०८२ | १५:२५:०० मा प्रकाशित

काठमाडाैं । पछिल्ला दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्से परिसूचक बुधबार पनि घटेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक १०.५० अंक घटेर २७८५.७४ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ७० हजार ९९ पटकको कारोबारमा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन माया खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चरको मूल्य सर्वाधिक ९.४८ प्रतिशत घटेको छ। कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड नाघेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस