नेपाली कांग्रेस पहिलाे - महानगरमा वालेन्द्र, धनराज, रेनु, चिरीबाबु र राजेशमानकाे लगातारकाे अग्रता
- गाउँ सहर संवाददाता
- १० जेठ मंगलबार, २०७९ | ०६:२९:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा अहिलेसम्म नेपाली कांग्रेस अगाडि देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कान्छाे स्थानमा रहेकाे छ ।
अहिलेसम्म कांग्रेसले ३२२ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ४ स्थानमा अग्रता लिएकाे छ । एमालेले २०० स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ५ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १२० स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १८ स्थानमा जितेकाे र १ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ३० स्थानमा विजय हासिल गरेका छ भने १ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २९ स्थानमा जितेकाे छ भने ३ स्थानमा र लाेसपाले १६ स्थानमा जीत र ० स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९६ ठाउँमा जीत र ५ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले २३१ ठाउँमा जीत र ८ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १२६ स्थानमा जीत र ० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १८ जीत र ० स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २३ स्थानमा जीत र १ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३० स्थानमा जीत र १ स्थानमा अग्रतामा छ । उता लाेसपाले १२ स्थानमा जीत र ० स्थानमा अग्रता लिएकाे छ ।
याे समाचार तयार पार्दासम्म बहुचर्चित काठमाडाैँ महानगरकाे प्रमुखमा स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाहले ४८ हजार ८९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी कांग्रेसकी सिर्जना श्रेष्ठले २९ हजार १८० मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापित तेस्राे नम्बरमा पुगेका छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले ५४ हजार ३३७ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले ५० हजार ३१० मत ल्याउँदा एमालेका विजय सुवेदीले २१ हजार ७६८ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ३६ हजार ९३८ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१ हजार ७६८ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ४३ हजार १३२ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले २२ हजार ८९ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले जितिसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री प्रचण्डले पाए प्रतिनिधि सभामा विश्वासको मत
- यस्तो छ स्ववियु निर्वाचनको नतिजा
- शेयर बजार : एक अर्ब बढीको कारोबारमा २२ अंकले बढ्यो नेप्से
- प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने : एमाले उपनेता नेम्वाङ
- संसद प्रत्यक्ष प्रशारण : प्रधानमन्त्रीले विश्वासको मत लिँदै
- विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक
- घट्यो सुनको मूल्य, १ लाख ९ हजार ३०० रुपैयाँ कायम
- प्रहरीका ५ जना डीआईजी बढुवा गर्ने सिफारिस, मन्त्रिपरिषद्ले सदर
- नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ र निवर्तमान उपराष्ट्रपति पुनलाई बिदाइ
- प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदै
प्रतिकृया दिनुहोस