नेपाली कांग्रेस पहिलाे - महानगरमा वालेन्द्र, धनराज, रेनु, चिरीबाबु र राजेशमानकाे लगातारकाे अग्रता
- गाउँ सहर संवाददाता
- १० जेठ मंगलबार, २०७९ | ०६:२९:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा अहिलेसम्म नेपाली कांग्रेस अगाडि देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कान्छाे स्थानमा रहेकाे छ ।
अहिलेसम्म कांग्रेसले ३२२ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ४ स्थानमा अग्रता लिएकाे छ । एमालेले २०० स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ५ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १२० स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १८ स्थानमा जितेकाे र १ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ३० स्थानमा विजय हासिल गरेका छ भने १ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २९ स्थानमा जितेकाे छ भने ३ स्थानमा र लाेसपाले १६ स्थानमा जीत र ० स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९६ ठाउँमा जीत र ५ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले २३१ ठाउँमा जीत र ८ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १२६ स्थानमा जीत र ० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १८ जीत र ० स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २३ स्थानमा जीत र १ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३० स्थानमा जीत र १ स्थानमा अग्रतामा छ । उता लाेसपाले १२ स्थानमा जीत र ० स्थानमा अग्रता लिएकाे छ ।
याे समाचार तयार पार्दासम्म बहुचर्चित काठमाडाैँ महानगरकाे प्रमुखमा स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाहले ४८ हजार ८९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी कांग्रेसकी सिर्जना श्रेष्ठले २९ हजार १८० मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापित तेस्राे नम्बरमा पुगेका छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले ५४ हजार ३३७ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले ५० हजार ३१० मत ल्याउँदा एमालेका विजय सुवेदीले २१ हजार ७६८ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ३६ हजार ९३८ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २१ हजार ७६८ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ४३ हजार १३२ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले २२ हजार ८९ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले जितिसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस