३२० स्थानमा कांग्रेसले जित्याे - महानगरमा वालेन्द्र, धनराज, रेनु, चिरीबाबु र राजेशमानकाे अग्रता कायमै
- गाउँ सहर संवाददाता
- ९ जेठ सोमबार, २०७९ | १०:०३:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कान्छाे स्थानमा रहेकाे छ ।
अहिलेसम्म कांग्रेसले ३२० स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ६ स्थानमा अग्रता लिएकाे छ । एमालेले १९२ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ७ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १२० स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १७ स्थानमा जितेकाे र २ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २९ स्थानमा विजय हासिल गरेका छ भने २ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २९ स्थानमा जितेकाे छ भने २ स्थानमा र लाेसपाले १५ स्थानमा जीत र १ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २९५ ठाउँमा जीत र ५ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले २२८ ठाउँमा जीत र १३ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १२६ स्थानमा जीत र ० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १८ जीत र ० स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २१ स्थानमा जीत र २ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३० स्थानमा जीत र १ स्थानमा अग्रतामा छ । उता लाेसपाले ११ स्थानमा जीत र १ स्थानमा अग्रता लिएकाे छ ।
याे समाचार तयार पार्दासम्म बहुचर्चित काठमाडाैँ महानगरकाे प्रमुखमा स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाहले ४४ हजार १८३ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्दी कांग्रेसकी सिर्जना श्रेष्ठले २५ हजार ८३५ मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापित तेस्राे नम्बरमा पुगेका छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले ४९ हजार २४१ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले ४३ हजार ६०६ मत ल्याउँदा एमालेका विजय सुवेदीले ३३ हजार ७०३ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ३५ हजार ७०३ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९४२ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ३८ हजार ४३७ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले १९ हजार ६७९ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले जितिसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस