राजनीति

काठमाडाैंमा वालेन्द्र साहले कांग्रेस र एमालेका उम्मेदवारलाई धेरै पछाडी पारे

काठमाडाैं  । काठमाडौं महानगरमा आइतबार बिहानसम्म १ लाख ६ हजार ३ सय ५२ मत गणनाको अपडेट सार्वजनिक हुँदा वालेन्द्र साहले ३८ हजार ३ सय ३३ मत ल्याएका छन् । दोस्रो स्थानमा उक्लिएकी कांग्रेसकी सिर्जना सिंहले २१ हजार २ सय ९९ मत ल्याएकी छन् । तेस्रो स्थानमा झरेका एमालेका केशव स्थापितले भने २१ हजार ८ मत ल्याएका छन् ।

सिर्जना सिंहले केशव स्थापितलाई २ सय ९१ को मतान्तरले पछि पारेकी छन् ।

वालेन्द्रले एमालेसँग १७ हजार ३ सय २५ को मतान्तर बनाएका छन् भने कांग्रेससँग १७ हजार ३४ को मतान्तर बनाएका छन् ।

काठमाडौं महानगरपालिकाको ८४ हजारभन्दा बढी मत गणना गर्न बाँकी छ ।

गाउँ सहर संवाददाता