वातावरण

आजपनि थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । आज २०७९ जेठ ८ गते (आइतबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेश केही स्थानहरु र बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत