काठमाडाैँमा लाैराेले असिनपसिन पार्याे कांग्रेस-एमालेलाई, निरन्तर वालेन्द्रकाे अग्रता
- गाउँ सहर संवाददाता
- ७ जेठ शनिबार, २०७९ | १३:३३:०० मा प्रकाशित
काठमाडाैँ । काठमाडाैँ महानगरमा लाैराेले कांग्रेस-एमालेलाई असिनपसिन पारेकाे छ । किनकी स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहकाे निरन्तर अग्रता कायम छ । उनीहरूले याे स्वतन्त्र उम्मेदवारले यतिसम्म गर्छ भन्ने हेक्कासमेत राखेका थिएनन् । एमालेका स्थापितले त उम्मेदवारी मनाेनयन गर्दै घमण्ड प्रदर्शन गर्दै "गेम इज ओभर" सम्म भनेका थिए । आज उही उम्मेदवार एमाले-कांग्रेसकाे लागि घाँडाे बनेकाे छ ।
निरन्तर अग्रता कायम गरेका वालेन्द्रले अहिलेसम्म ३४ हजार १३० मत ल्याउँदा एमालेका केशव स्थापितले १८ हजार ५४७ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना श्रेष्ठले स्थापित भेट्न अब ११८ मत रहेकाे छ । पछिल्लाे मतगणनामा श्रेष्ठले राम्राे मत ल्याएकी छन् । चाैथाे लहरमा रहेका राप्रपाका मदनदास श्रेष्ठले १ हजार ७९६ मत ल्याएका छन् ।
उता उपमेयरमा एकछत्र छिन सुनिता डंगाेल, अहिलेसम्म उनले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी रामेश्वर श्रेष्ठ जाे एसका हुन्, उनले ८ हजार ५९१ मत प्राप्त गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस