मेयर बालेनकाे आक्रोश : काठमाडाैं महानगरलाई हाेइन केपी ओलीलाई पत्र लेख्नु
- गाउँ सहर संवाददाता
- २२ माघ सोमबार, २०८० | ०९:३६:०० मा प्रकाशित
काठमाडौं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहरा (सेतो टावर) को निर्माण पूरा नभएकोप्रति आक्रोश व्यक्त गरेका छन्।
धरहरा क्षेत्रमा रहेको पार्किङ केही दिनअघि महानगरले खुला गरेलगत्तै संघीय सरकारले पत्र लेखेर बन्द गराउनु भनेपछि बालेन आक्रोशित भएका हुन्।
‘आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो। राणाकालीन अवस्थामा भएको भए केपि ओली टावर भन्थे’, उनले लेखेका छन्, ‘तर केहि दिनअगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ- धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू।’
उनले उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकी महानगरलाई लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भनी प्रश्न गरेका छन्। ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ‘ भनेर प्रतिप्रश्न गर्ने तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेख्न उनले सुझाएका छन्। ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ भनेर निर्लज्ज प्रतिप्रश्न गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्नु उपयुक्त हुन्छ’, उनले लेखेका छन्।
तोकिएको समयमा काम सम्पन्न नगर्ने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने उनले बताएका छन्। सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुरामा ठट्टा नगर्न उनले आग्रह गरेका छन्।
उनले त्यस स्थानको पार्किङ बन्द नगर्ने पनि बताएका छन्। ‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निशुल्क सञ्चालन हुँदैछ। अझै व्यवस्थापन गर्दै लग्नेछौँ’, उनले भनेका छन्।
साथै आफू हुञ्जेल सरकारी सम्पत्तिमाथि रजाइँ गर्ने नदिनेसमेत उनले बताएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस