नेपाली कांग्रेसकाे लगातार अग्रता, वालेन्द्र प्रतिद्वन्दीसँग मतअन्तर बढाउँदै - एकछत्र सुनिता
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | ०३:२७:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २७० स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ५५ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १७१ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने २६ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १०९ स्थानमा जितेकाे र ११ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १४ स्थानमा जितेकाे र ५ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २३ स्थानमा विजय हासिल गरेकाे छ भने ११ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १८ स्थानमा जितेकाे छ भने १७ स्थानमा र लाेसपाले ६ स्थानमा जीत र ५ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २४९ ठाउँमा जीत र ५२ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १८९ ठाउँमा जीत र ४४ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ११६ स्थानमा जीत र १० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १५ जीत र ३ स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले १९ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा १७ स्थानमा जीत र १३ स्थानमा अग्रतामा छ । उता लाेसपाले ६ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ ।
यता बहुचर्चित महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।
मेयरमा स्वतन्त्रका वालेन्द्र शाहमा सबैकाे आँखा परेकाे छ । किनकी उनी कुनै पार्टीबाट छुट्टिएर उम्मेदवार भएका हाेइनन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा २५ हजार ४२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् । केशव स्थापीतले १३ हजार ४९९ र सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलले १९ हजार ९५६ मत ल्याएकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस