नेपाली कांग्रेसकाे लगातार अग्रता, वालेन्द्र प्रतिद्वन्दीसँग मतअन्तर बढाउँदै - एकछत्र सुनिता
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | ०३:२७:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २७० स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ५५ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १७१ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने २६ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १०९ स्थानमा जितेकाे र ११ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १४ स्थानमा जितेकाे र ५ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २३ स्थानमा विजय हासिल गरेकाे छ भने ११ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १८ स्थानमा जितेकाे छ भने १७ स्थानमा र लाेसपाले ६ स्थानमा जीत र ५ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २४९ ठाउँमा जीत र ५२ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १८९ ठाउँमा जीत र ४४ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ११६ स्थानमा जीत र १० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १५ जीत र ३ स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले १९ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा १७ स्थानमा जीत र १३ स्थानमा अग्रतामा छ । उता लाेसपाले ६ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ ।
यता बहुचर्चित महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।
मेयरमा स्वतन्त्रका वालेन्द्र शाहमा सबैकाे आँखा परेकाे छ । किनकी उनी कुनै पार्टीबाट छुट्टिएर उम्मेदवार भएका हाेइनन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा २५ हजार ४२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् । केशव स्थापीतले १३ हजार ४९९ र सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलले १९ हजार ९५६ मत ल्याएकी छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस