३४८ अध्यक्ष र १२६ प्रमुख निर्वाचित, अधिकांश स्थानमा पहिलाे बन्याे कांग्रेस (पूर्ण सदस्यसहित)
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | १७:२७:०० मा प्रकाशित

काठमाडौँ । बैशाख ३० मा भएको स्थानीय निर्वाचनको अधिकांशत स्थानको नेतृत्वमा नेपाली कांग्रेस देखिएको छ ।
अहिलेसम्म १२६ स्थानको परिणाम आइसकेको छ जसमा नेपाली कांग्रेसले ६६ प्रमुख जितेको छ । यस्तै अध्यक्षमा ३४८ स्थानको परिणाममा १४६ कांग्रेसको पोल्टोमा परेको छ ।
एमालेले प्रमुखमा ३६ जमाएको छ भने ९७ अध्यक्ष जितेको छ । यस्तै माओवादी केन्द्रले १४ प्रमुख र ८० अध्यक्ष प्राप्त गरेको छ । एकीकृत समाजवादीले ३ प्रमुख जितेको छ । अन्यले ७ प्रमुख जितेका छन् भने १५ अध्यक्ष जितेका छन् । जनता समाजवादी पार्टीले १० अध्यक्ष हाता पारेको छ ।
उपप्रमुख कांग्रेसले ५६ र उपाध्यक्ष १५० हाता पारेको छ । एमालेले क्रमशः ४२ र ९६, माकेले २० र ८१ जितेको छ । एसले ५, अन्यले ३ र १३ प्राप्त गरेको छ भने जसपाले ९ उपाध्यक्ष पाएको छ ।
वडाको सन्दर्भमा २ हजार ६१ कांग्रेस, महिला सदस्य २ हजार २५ जितेको छ । एमालेले क्रमशः १ हजार ५९७ र १ हजार ७३२ जितेको छ । माकेले ८६६ र ८०७, जसपाले १६५ र १६७, अन्यले ४३३ र ३८६ सदस्य पाएको छ ।
दलित महिला सदस्यमा कांग्रेसले १ हजार ९६६ र सदस्य ४ हजार ६८ जितेको छ । एमालेले क्रमशः १ हजार ७१० र ३ हजार ५०९, माकेले ८१२ र १ हजार ४९८, जसपाले १६७ र ३३५ र अन्य दलका ३७६ र ७९८ सदस्य निर्वाचित भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस