देशभरका उपमहानगरकाे खबरः- धनगढीदेखि जितपुर सिमरासम्मकाे के छ अवस्था ?
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | ११:४७:०० मा प्रकाशित
काठमाडाैँ । देशभरका उपमहानगरमा पनि धेरै स्थानमा नेपाली कांग्रेसले नै लिड गरिरहेकाे छ ।
धनगढीमा स्वतन्त्रका गाेपाल हमाल १० हजार ८२५ मतका साथ कांग्रेसका नृपबहादुर वडभन्दा अगाडि छन् । उनकाे ५ हजार १६६ मात्र मत छ ।
हेटाैँडामा नेकपा एसका मीना कुमारी लामाले लिड गरेकी छन् । उनले १० हजार ४१० मत ल्याउँदा प्रतिद्वन्दी राप्रपाका दिपक बहादुर सिंहले ९ हजार ९२२ मत ल्याएका छन् ।
उता बुटवलमा कांग्रेसका खेलराज पाण्डेयले १३ हजार ६३० मत ल्याएका छन् भने प्रतिद्वन्दी एमालेका बाबुराम भट्टराइले ९ हजार ८० मत ल्याएका छन् ।
नेपालगंजमा कांग्रेका प्रशान्त विष्टले १३ हजार ५४७ मत ल्याउँदा एमालेका पशुपति दयाल मिश्राले ६ हजार ३९७ मत ल्याएका छन् ।
धरानमा कांग्रेसका किशाेर राइले ७ हजार ७१७ मत ल्याएका छन् । प्रतिद्वन्दी हर्कराज राइले ७ हजार ४६१ मत ल्याएका छन् ।
इटहरीमा रूखका हेमकर्ण पाैडेलले १३ हजार ७७९ मत ल्याएका छन् भने सूर्यका यामकुमार चुङवाङ सुब्बाले ११ हजार ५६५ मत ल्याएका छन् ।
घाेराहीमा सूर्यका नरूलाल चाैधरी अगाडि छन् । उनले २५ हजार २५९ मत ल्याउँदा माकेका हेमराज शर्मा पाैडेलले २० हजार ५१४ मत ल्याएका छन् ।
तुलसीपुरमा कांग्रेका गेहेन्द्र गिरी ४६२ र एमालेका टिकाराम खड्का ४५४ मतमा छन् ।
जनकपुरधाममा मनाेजकुमार साह ३ हजार ९५६ र शिवशंकर साहले २ हजार ८६ मत प्राप्त गरेका छन् ।
यस्तै कलैयामा विनाेदप्रसाद साह जाे एमालेका हुन्, उनले ११ हजार ७५२ मत ल्याउँदा कांग्रेसका राजेश राय यादवले ७ हजार ६८८ मत ल्याएका छन् ।
र जितपुर सिमरामा माकेका राजन पाैडेलले अग्रता लिएका छन् । उनले १७ हजार ९३ मत ल्याउँदा उनका प्रतिद्वन्दी सरस्वतीदेवी चाैधरी एमालेकी, उनले १५ हजार ४३६ मत ल्याएर पछ्याइरहेकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस