कांग्रेसले १५१, एमाले १०१, माके ७७, अन्य ९, एस ५, जसपाले ३ जना पुर्याए अध्यक्ष/प्रमुख
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | १८:१६:०० मा प्रकाशित

काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिलेपनि नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १५१ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १५५ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १०१ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १२ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ७७ स्थानमा जितेकाे र ४० स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ५ स्थानमा जितेकाे र १४ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ९ स्थानमा विजय हासिल गरेकाे छ भने २२ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ३ स्थानमा जितेकाे छ भने ३१ स्थानमा र लाेसपाले ११ स्थानमा अग्रता लिएकाे छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १५० ठाउँमा जीत र १३३ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १०० ठाउँमा जीत र १२१ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ७५ स्थानमा जीत र ५१ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ५ जीत र १२ अग्रता लिएका छन् । एकीकृत समाजवादीले ११ स्थानमा जीत र १३ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ४ स्थानमा जीत र २६ स्थानमा अग्रतामा छ । उता लाेसपाले १० स्थानमा अग्रता मात्रै लिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस