गाउँ सहर

हात्ती आक्रमणबाट १ जनाको मृत्यु र १ जना घाइते

झापा । झापा मेचीनगर ९ थोप्लेविरान सामुदायिक वनबाट आएको जंगली हात्तीकाे आक्रमणबाट पशुपति टोल बस्ने वर्ष ७० का पेना किषानकाे मृत्यु भएकाे छ । घाइते उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

यस्तै झापा मेचीनगर ९ स्थित थोप्लेविरान सामुदायिक वनमा झुमा भन्ने बसन्ती दनुवार घाँस काट्न गएकोमा अचानक हात्ती आई आक्रमण गरी घाईते बनाएको छ । उनकाे थप उपचार मेची अस्पतालमा भद्रपुरमा भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता