गाउँ सहर

प्रमुख पदमा २६१ र उपप्रमुखमा २१७ स्थानमा नेपाली कांग्रेसको अग्रता

काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

अहिलेसम्म कांग्रेसले ७ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने एमालेलेपनि ७ स्थानमा जितेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले २ स्थानमा जितेका छन् ।

तर २६९ स्थानमा कांग्रेस, १७० स्थानमा एमाले, १३ स्थानमा एकीकृत समाजवादी, १०६ स्थानमा माओवादी केन्द्र, २७ स्थानमा अन्य, जसपाले २४ स्थानमा अग्रता दिएका छन् ।

यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले ७, एमालेले ६, एकीकृत समाजवादीले २ स्थानमा जित हासिल गरेका छन् । क्रमशः २१७ स्थानमा कांग्रेस, १९० स्थानमा एमाले, १७ स्थानमा एकीकृत समाजवादी, १२६ स्थानमा माओवादी केन्द्र, २५ स्थानमा अन्य, २२ स्थानमा जसपा र लोसपाले ५ स्थानमा अग्रता लिएका छन् ।

गाउँ सहर संवाददाता