माैसममा थाेरै गडबढी भएपनि देशैभर निर्वाचनमा उत्साहजनक सहभागीता
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | ०७:४०:०० मा प्रकाशित
काठमाडाैँ । स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि सुरु भएकाे छ । अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । मतदाताहरू बिहानैदेखि लाइनमा बसेका छन् ।
आज हुने निर्वाचनमा कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।
आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनमा १ लाख ९ हजार ८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिएका छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।
थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षा
यता माैसम विभागले दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बताएकाे छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश तथा बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको विभागले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस