माैसममा थाेरै गडबढी भएपनि देशैभर निर्वाचनमा उत्साहजनक सहभागीता
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | ०७:४०:०० मा प्रकाशित

काठमाडाैँ । स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि सुरु भएकाे छ । अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । मतदाताहरू बिहानैदेखि लाइनमा बसेका छन् ।
आज हुने निर्वाचनमा कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।
६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।
आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनमा १ लाख ९ हजार ८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिएका छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।
थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षा
यता माैसम विभागले दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने बताएकाे छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश तथा बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस