अर्थतन्त्र

जन्मदिनमा बीमालेख उपहार

विर्तामोड । मानिसहरुले जन्मदिनमा फजुल खर्च गर्ने प्रवृत्ति बढिरहेको बेला विर्तामोड - ४ निवासी खोमनाथ लुइँटेलले आफ्नी श्रीमति गायत्रा लुइँटेलको जन्मदिन फरक किसिमले मनाएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सका सक्रिय अभिकर्तासमेत रहेका खोमनाथले श्रीमतिको जन्मदिनमा रु १० लाख बराबरको सिटिजन लाइफको शुभारम्भ योजना उपहार दिए ।

फजुल खर्च गरेर मनाउनुभन्दा जन्मदिनको अवसर पारेर नयाँ कामको सुरुवात तथा वचत गर्ने बानीको विकास गर्न सो बीमालेख उपहार दिएको खोमनाथले बताए ।

गाउँ सहर संवाददाता