सिटिजन लाइफ विर्तामोड शाखाद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- ८ चैत बुधबार, २०७९ | ०९:१८:०० मा प्रकाशित
.jpeg)
झापा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी विर्तामोड शाखाले घातक रोग वापतको दाबी रकम भुक्तानी गरेकाे छ ।
शाखाले बीमितलाई उक्त सुविधा वापतको रकम भुक्तानी गरेको हो ।
झापा निवासी धान्यप्रसाद गुरागाईले २ वर्ष अघि सिटिजन लाइफको दमक शाखाबाट पाँच लाख बराबरको बीमाङ्कको बीमा गरेका थिए ।
गुरागाईको मुटुमा समस्या आएपछि शल्यक्रिया गरिएको थियो ।
एक्कासी मुटुमा अपरेशन गर्नुपरेपछि सिटिजन लाइफमा गरिएको बीमाले ठूलो आर्थिक सहयोग मिलेको बताउँदै उनले जुनसुकै अवस्थाका व्यक्तिहरुले आफ्नो जोखिम समयमै हस्तान्तरण गर्न सकिए जीवनमा पश्चाताप नहुने रहेछ भन्ने विश्वास लागेकाे बताए ।
'सम्पूर्ण कुरा सत्य तथ्य रुपमा पेश गर्नेले चाँडै नै कम्पनीले भुक्तानी गर्दोरहेछ । म सिटिजन लाइफले दाबी भुक्तानी छिट्टै दिनेरहेछ भन्ने कुरामा विश्वस्त भएको छु । सबैलाई ढुक्क हुन पनि आग्रह गर्दछु' उनले भने ।
विर्तामोड शाखा प्रमुख जमुना कटुवालले समयमै बीमा गरे पैसा अभावकै कारण ज्यान गुमाउनु नपर्ने भन्दै सबैले बीमा गरेर सुरक्षा लिनुपर्ने बताइन् ।
उक्त कार्यक्रममा विर्तामोड क्षेत्रका क्षेत्रीय प्रमुख उत्तम कोइरालाले सिटिजन लाइफले सहज रुपले दाबी भुक्तानी प्रदान गर्दै आएको र अझ सहजता प्रदान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे भने उक्त कार्यक्रममा सिनियर एजेन्सी मेनेजर, एजेन्सी मनेजरहरु दमक शाखाबाट एजेन्सी मेनेजरसमेतको उपस्थितिमा चेक हस्तान्तरण गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस